नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोनाबाट एकै दिन ३७ जनाको मृत्यु, ७४ सयमा संक्रमण
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।
१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ ।
नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।