What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अग्रपंक्तिमा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता, कसले कति पाउँछन् ?
What To Know
- काठमाडाैं । कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा काम गर्नेहरूलाई थप ५० प्रतिशत जोखिम भत्ता दिइने भएको छ।.
- प्रधानमन्त्री ओलीले भने, “कोभिड–१९ को पहिचान, निदान, उपचार र बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई शुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ।”.
काठमाडाैं । कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा काम गर्नेहरूलाई थप ५० प्रतिशत जोखिम भत्ता दिइने भएको छ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रपंक्तिमा खटिनेहरूलाई अहिले पाइरहेको तलबको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका हुन्।
यससँगै उनीहरूको बिमा पनि गरिने भएको छ। कोरोना संक्रमित भएमा उनीहरूका परिवारको पनि उपचार गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीले भने, “कोभिड–१९ को पहिचान, निदान, उपचार र बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई शुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ।”






