हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोरोना संक्रमणसँगै सामाजिक सञ्जालमा काेभिड-१९ सम्बन्धि फैलिएका भ्रम र सत्यता ?
काठमाडाैं । कोरोना महामारीले सारा विश्व यतिबेला आक्रान्त छ । दिनदिनै हजारौ मानिसहरुले ज्यान गुमाइरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित भइरहेका छन् । भारत अहिले सबैभन्दा धेरै मारमा परेको छ भने तुलनात्मक रुपमा नेपालमा पनि दिन दुगुना रात चौगुना संक्रमण फैलिरहेको छ । हरेक दिन नयाँ रेकर्ड सङ्ख्यामा संक्रमण र संक्रमितको मृत्यु भइरहेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम गर्न, केन्द्रीय सरकार धेरै भन्दा धेरै मानिसहरूलाई खोप लगाउन कोशिस गर्दैछ । कोभिड सिल्ड, कोभ्याक्स त भेरोसिल लगायतका खोप प्राथमिकताका आधारमा लगाइएको पनि छ । केहीले दोस्रो मात्रा पनि लगाइसकेका छन् । यद्यपि देशमा हाल खोपको अभाव रहेको छ, त्यसैले लाखौ मानिसहरूले स्वदेशी नुस्खा अपनाउँदै उनीहरूलाई कोविडबाट जोगाइरहेका छन् । केहि प्राकृतिक विधिहरु मार्फत र आफ्नो फार्मसी उत्पादनहरु को माध्यम बाट आफ्नो रोग प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने प्रयासमा छन् ।
महामारीको यो समयामा कोरोना संक्रमण सँगै सामाजिक सञ्जाल तथा इन्टरनेटमा विभिन्न फर्जी खबरहरु पनि फैलिरहेका छन् । कोरोना भाइरसको घरेलु औषधि भन्दै फर्जी खबर यतिबेला खुबै भाइरल भइरहेको छ ।
सत्यता के हो ?
घातक कोरोना भाइरसको उपचार सम्बन्धी अनभेरिफाइड लिंकहरू केहि व्यक्तिहरूले एक अर्कालाई पठाइरहेका छन् । यस्तो अवस्थामा, मानिसहरू जो पहिले नै कोरोनाको भयमा छन्, तिनीहरूले अन्धाधुन्ध रूपमा यी भाइरल पोष्टमा विश्वास गर्छन्, जुन उनीहरूको लागि खतरनाक पनि हुन सक्छ । ध्यान दिनुपर्ने कुरा के छ भने पछिल्ला दिनहरुमा ट्विटर, व्हाट्सएप र फेसबुकमा एक सन्देश एकदमै भाइरल भइरहेको छ, जसमा कालो मरिच, मह र अदुवाको सेवन गरेर तपार्इँ कोरोनाबाट निको हुन सक्नुहुन्छ भन्ने दावी गरिएको छ ।
भरतीय एक विश्व विद्यालयमा अध्ययनरत छात्रले कोरोना भारसबाट मुक्त हुने घरेलु उपाय पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको भनिएको छ । तर, त्यसमा कुनै सत्यता नभएको सरकारी अधिकारीहरुले बताएका छन् ।
जनस्वास्थ्य विज्ञका अनुसार यी खाद्य पदार्थ प्रतिरक्षा प्रणाली बुस्ट गर्न उत्तम रहेको तर पोष्टमा गरिएको दाबी जस्तो कोरोना संक्रमण ट्वाक्कै निको भने हुँदैन । यी खाद्य पदार्थमा एन्टीमाइक्रोविल तथा एन्टी ब्याक्टेरियल गुण हुन्छ त्यसैले स्वास्थ्यबर्दक त हुन्छन् तर कोरोना नै ठीक पार्छन् भन्ने चाहिँ होइन ।
याे पनि पढ्नुस्
नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७ हजार बढी संक्रमित थपिए
के गर्ने के नगर्ने
कोरोना संक्रमण मात्र नभएर अन्य विभिन्न रोगका सक्रमणहरुबाट बच्च दैनिक घरेलु स्वास्थ्यबर्दक कुराहरुको सेवन राम्रो हुन्छ । पोहर साल गुर्जोको रस खाएर कोरोना ठीक हुने भनेर पनि खुबै चर्चा भएको थियो । नेपालमा मूलधारका मिडियाहरुले पनि यसबारेमा राम्रै कभर गरेका थिए । आयुर्वेदिक उपचार पद्धतिमा केहीहदसम्म यो प्रभाबकारी पनि देखिएको थियो । योग ध्यान प्रणयायमले पनि स्वास्थ्यलाई हीत गर्ने जानकारहरु बताउँछन् । त्यसैले समय निकाले दैनिक ब्यायाम गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
याे पनि पढ्नुस्
संक्रमणबाट कसरी जोगिने ?
कोरोना भाइरसबाट कसरी जोगिने त सरुवा रोग विशेषज्ञ डा. सेरबहादुर पुनको सल्लाह यस्तो छ-
यो भाइरस पशुपंक्षीबाट मानिसमा सर्ने भएकोले सकेसम्म पशुपंक्षीबाट टाढै रहने
ब्यक्तिगत सरसफाइमा ध्यान दिने
कसैले खोकेको छ भने टाढै बस्ने
सकेसम्म बढी भिडभाड हुने सार्वजनिकस्थलहरुमा नजाने, जानैपरे मास्क प्रयोग गर्ने
बाहिरबाट फर्किपछि राम्रौसँग हात मुख धुने
हातलाई घरीधरी नाक, मुख र आँखामा नलैजाने