नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना महामारीबारे निर्णय हुन सक्ने
काठमाडौं । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
बैठक बालुवाटारमा चार बजे बस्ने कार्यक्रम रहेको एक मन्त्रीले बताएका छन् ।
कोरोना महामारी तीब्र रुपमा बढिरहेका बेला कोरोना रोकथाम र उपचार तथा त्यसको तयारीका विषयमा छलफल हुन सक्नेछ ।
मन्त्रिपरिषदको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले सुझावसहित सिफारिस गरेका विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ ।
आधाभन्दा धेरै जिल्लाहरूमा निषेधाज्ञा लागू भएका छन् । अरु जिल्लाहरूमा निषेधाज्ञाको तयारी भएका छन् ।