हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बीर अस्पतालमा डा बाबुराम भट्टराइकाे सल्यक्रिया हुँदै
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको न्यूरो इन्डोक्राइनको ट्युमरको सल्यक्रिया हुने भएको छ । काठमाडौंको बीर अस्पतालमा डा सुवोध अधिकारी नेतृत्वको टोलीले भट्टराईको सल्यक्रिया गर्न लागेको हो । त्यसका लागि भट्टराई बिहीबार अस्पताल भर्ना हुनु भएको छ । उहाँका आज सल्यक्रिया हुँदैछ ।
यसअघि ट्युमरमा क्यान्सरको शंक भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परिक्षण भएको थियो । वायोप्सी, DOTA NOC परीक्षण गर्दा PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । सल्यक्रियाद्वारा ट्युमर भने छिट्टै फाल्नुपर्ने चिकित्सकहरुको सुझाब थियो ।
चिकित्सकहरुके सुझाब अनुसार नै अध्यक्ष भट्टराईको अहिले नेपालकै सरकारी अस्पतालमा ट्युमरको सल्यक्रिया गराउन लाग्नु भएको हो ।