नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै घट्याे छपावाल सुनकाे मूल्य ? ताेलाकाे कति छ ?
काठमाडाैं । स्थानीय बजारमा सुनकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनकाे भाउ प्रतिताेला ८९ हजार ९ सय रूपैयाँ कायम गरिएकाे छ । याे हिजाेकाे तुलनामा ९ सय रूपैयाँले कम हाे । बिहीबार ९० हजार ८ सय रूपैयाँ ताेलाकाे भाउमा काराेबार भएकाे थियाे ।
शुक्रबार तेजावी सुनकाे मूल्य ८९ हजार ४ सय ५० रूपैयाँ ताेतिएकाे महासंघले जनाएकाे छ ।
त्यस्तै शुक्रबार चाँदीकाे भाउ पनि घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीकाे भाउ प्रतिताेला १२ सय ९५ रूपैयाँ ताेकिएकाे छ । हिजाे १३ सय १५ रूपैयाँकाे भाउमा काराेबार भएकाे थियाे । शुक्रबारकाे भाउ साविक दिनकाे तुलनामा २० रूपैयाँले सस्ताे हाे ।