बा’ हामीले मात्रै किन सधै रुनु पर्छ ?

बा हामीले मात्रै किन सधै रुनु पर्छ
पर्छ छोरा गरिबले त सबै सहनु पर्छ

रुन्न भने पनि त आखिर आँखाले आँसु
मनको पीडा परेलीको डिलबाट बहनु पर्छ

म सारा खुसी बेचेर सहर पसेको हुँ
थाहा छ अब हास्न पनि खुसी हुनु पर्छ

तिमी तिमी हुनु पर्छ म म हुनु पर्छ नत्र
आलुले झै एकले गर्दा अर्कैले कुहिनु पर्छ

– दशरथ भण्डारी

याे पनि पढ्नुस्

गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *