गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

मान्छेमार्ने टिपरमा आगो लगाउँदा जेल चलान
काभ्रे । टिप्पर चालकहरुको लापर्वाहीले सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । उसोतः सरकारले पनि टिप्पर आतंकलाई रोक्ने प्रयास पनि नगरेको भने होइन । तर फितलो कानुनी व्यवस्था र टिप्पर व्यवसायीहरुको मनोमानीका कारण दैनिक सर्वसाधारणहरुको ज्यान जोखिममा पर्ने गरेको छ ।
गत साउन ७ गते बनेपामा एउट टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि चालकको मृत्यु भयो । घटनापछि आक्रोशित स्थानीयको भिडले उक्त टिप्परमा आगजनी गरे । अहिले भने प्रहरीले सोही आगजनीमा संलग्न तीनजना उपर मुद्दा चलाएको छ । टिपरमा आगो लगाउने तीन जनाविद्द इलाका प्रहरी कार्यालय बनेपाले मुद्दा चलाएको हो ।
बनेपामा भाडाको डिलर सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ३ बानियाँ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी टिपरमा आगो लगाएको भोलिपल्ट नै थाइल्याड पुगेका थिए । थाइल्यान्डबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै घटनामा संलग्नको आरोपमा रामेछाप दोरम्बाका भीम श्रेष्ठ र काभ्रे भुम्लुका विदुर बुढाथोकीविरुद्ध पनि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको छ ।