काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अाजदेखि ‘मुलुकी देवानी संहिता-२०७४’ लागू यी हुन् फाैजदारी अपराध ? (पूर्ण पाठसहित)
काठमाडौं । मुलुकी ऐन १६५ वर्षपछि पूर्णत प्रतिस्थापन हुँदै ‘मुलुकी देवानी संहिता, २०७४ अाएकाे छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेका ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरिएकाे हाे। उक्त एेन प्रतिस्थापन गरी सरकारले अाजदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याएकाे छ।
यो संहितामा ६ भाग, ५२ परिच्छेद र ७२१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको नेपाल कानुन अायाेगले जनाएकाे छ।
मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।