कलंकीमा तरकारी किन्न निस्केकी मकवानपुरकी माया परिन् प्रहरीको फन्दामा, यस्ताे छ कारण

काठमाडौं। काठमाडौंको कलंकीमा तरकारी निस्किएकी मकवानपुरकी एक महिलालाई पक्राउ गरेको छ ।

फुटपाथमा तरकारी किन्ने क्रममा नक्कली नोट प्रयोग गरेको आधारमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुरगढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

तामाङसहित कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ का ३५ वर्षीय गनबहादुर लोप्चानलाई पनि प्रहरीले पक्राउ बुधबार गरेको छ ।

कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले तामाङलाई ५०० दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गनबहादुरलाई नियन्त्रणमा लिएको पनि बताएको छ । गनबहादुरको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरेटी थ्रेड बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *