काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नम्बरी सुनकाे भाउ बढ्याे
काठमाडाैं । स्थानीय बजारमा सुनकाे भाउ सामान्य बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनकाे भाउ प्रतिताेला ८६ हजार ९ सय रूपैयाँ ताेकिएकाे छ । याे बुधबारकाे तुलनामा २ सय रूपैयाँले बढी हाे । हिजाे पहिला नम्बर सुन ८६ हजार ७ सयकाे भाउमा बिक्रि बितरण भएकाे थियाे ।
तेजाबी सुनकाे भाउ बिहीबार ८६ हजार ४ सय ५० रूपैयाँ ताेकिएकाे छ । हिजाे सुनकाे भाउ स्थिर रहेकाे थियाे ।
त्यस्तै चाँदीकाे भाउ भने हिजाेकाे तुलनामा घटेकाे छ । चाँदी बिहीबार प्रतिताेला १२ सय ३० रूपैयाँकाे भाउमा किनबेच भइरहेकाे छ ।