What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल गुटको घोषणा
काठमाडौं । प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव नेपाल पक्ष सहमत भएको छ ।
एमालेको एकल बहुमत रहेको दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएसँगै सरकार जोगिएको छ । तत्तकालिन नेकपाको माधव प्रचण्ड समूहले दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
९३ सिट रहेको प्रदेश १ मा ५२ सिट एमालेको छ भने बागमतीमा ११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५७ सिट छ ।






