हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एक रुपैयाँमा पेट भरी खाना खान पाइने
एजेन्सी । एक रुपैयाँमा पेट भरी खाना खान पाइन्छ भन्दा विश्वास नलाग्न सक्छ । आजको यो महंगीमा कुनै होटलले एक रुपैयाँमा खाना खुवाउन सक्छ ? यसरी पनि ब्यापार धन्दा चल्छ र ? प्रश्न उठ्न सक्छ । तर एउटा यस्तो होटल छ जसले एक रुपैयाँमा मिठो खाना खुवाउँदै आएको छ । कसैसँग त्यही एक रुपैयाँ पनि भएन भने सित्तैमा खाना खाने व्यवस्था पनि छ । याे खबर भारतकाे हाे ।
एक रुपैयाँमा कस्तो खाना खुवाउला त्यसको गुणस्तर कस्तो होला भन्ने पनि स्वभाविक रुपमै जिज्ञासा उठ्छ । मिडिया रिपोर्ट अनुसार एक रुपैयाँमा पाइने खानाको थालीमा ४ ओटा रोटी, दाल, चामल तीन प्रकारका तरकारी र हलुवा हुन्छ ।
यसरी एक रुपैयाँमा खाना खाने व्यवस्था विशेष व्यक्तिहरुका लागि गरिएको हो । जसलाई एक छाक खाना खान पनि समस्या छ वा गर्जो टार्नै मुस्किल छ त्यस्ता ब्यक्तिहरुलाई खाना खुवाउन एक रुपैयाँमा खाना खुवाउन थालिएको हो ।
महिला बालबालिका बृद्ध तथा मजदुरहरुले यो सेवाको निकै फाइदा उठाएका छन् । उनीहरुले खुब मजाले खाना खाइरहेका छन् ।
दिल्लीको नाङ्लोइ इलाकामा पर्ने यो श्याम रसोइमा हरेक दिन करिब एक हजार जनाले खाना खाने गरेका छन् । यति मात्र होइन खानाको केही हिस्सा बृद्धाश्रम तथा कुष्ठरोगीहरुको लागि पनि जाने गरेको छ ।
सामाजिक कार्यकर्ता प्रवीण गोयल भन्छन्, हरेक दिन खाना बन्छ, सालभर एक दिन पनि छुट्टी हँदैन । खाना हरेक दिन मेनुमा परिवर्तन पनि हुन्छ रोटी चामल उही भए पनि तरकारीका आइटम फरक फरक हुने गर्छ ।
साताको सातै बार फरक फरक परिकार खुवाउने गरिएको गोएलले बताए ।
रसोइमा केही खाना बनाउने कर्मचारीहरु तलबी भए पनि स्थानीय तथा विद्यार्थीहरु स्वयमसेवीको रुपमा खटिने गरेको बताइएको छ ।
ठूलो परिमाणमा खाना तयार गर्नुपर्ने भएकाले रोटी बनाउनको लागि मेसिन समेत प्रयोग हुने गरेको छ । बिहानको खाना एघार बजेदेखि एक बजेसम्म चालू हुने गरेको छ ।
बेरोजगार खासगरी कोरोना महामारीपछि रोजगारी गुमाएकाहरु खाना खान आउने गरेको सामाजिक कार्यकर्ता रंजित सिंहले बताए ।
दुई वर्षअघिदेखि यस्तो सुविधा दिन थालिएको हो । शुरुमा १० रुपैयाँ तोकिएकामा अहिले त्यसलाई घटाएर १ रुपैयाँ बनाइएको सिंहले जानकारी दिए ।
सञ्चालकहरुका अनुसार प्रति दिनको खर्च ४० देखि ५० हजार हुने गरेको छ । रसोइ सञ्चालनका लागि चन्दा सङ्कलन तथा दान सहयोगबाट आर्थिक व्यवस्थान हुँदै आएको बताइएको छ ।
नेपालमा पनि बिभिन्न ठाउँमा यस्तै सस्तो खाना खाना खुवाउने प्रवन्ध गरिएको छ । कोरोना महामारीपछि विभिन्न संघसंस्था तथा अभियन्ताहरुले निःशुल्क खाना बितरण गरेका थिए । काठमाडौँमा अनामनगरमा ६५ रुपैयाँमा खाना खाने व्यवस्था छ । एजेन्सीकाे सहयाेगमा