हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मनकामना केबुलकार बन्द हुने
गाेरखा । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।
नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।
लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् । कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् ।