काठमाडाैंमा खाेप लगाएकै ब्यक्तिमा देखियाे संक्रमण

काठमाडौं । काठमाडाैं काेराेना (कोभिड-१९) बिरूद्धकाे खाेप लगाएकै एक जना ब्यक्तिमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।  काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी विकास नै संक्रमण भएको हुनसक्ने उनले बताए । संक्रमि ती ब्यक्तिले २३ फागुनमा खाेप लगाएका थिए ।

निर्देशक राजभण्डारीका अनुसार ती व्यक्तिमा ‘निमोनिया, खोकीलगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएकाे उनले बताए ।

निर्देशक राजभण्डारीले कोरोनाविरुद्ध खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्‍नु घातक भएको बताए । खोपको उपलब्धता अहिले नै सबैलाई नभएको र हाल नेपालमा देखिएको कोरोना भाइरस नयाँ भेरियण्ट भएको आशंका रहेकाले खोपले काम गर्छ वा गर्दैन भन्ने अन्योल रहेको उनको भनाइ छ ।

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो । अहिले टेकु अस्पतालमा ४ जना संक्रमित आईसीयूमा र ६ जना सामान्य वार्डमा उपचाररत छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *