हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
माओवादी केन्द्रले माग्यो बादलसहित यी नेतासँग २४ घण्टे स्पष्टिकरण
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित ६ मन्त्रीलाई मन्त्रीपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
उसले उनीहरुसँग २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न अल्टिमेटम पनि दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो ।
बैठकले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु माओवादी केन्द्रका नेता हुन् । तर एमालेले उनीहरुलाई शुक्रबारमात्रै पार्टीको जिम्मेवारी पनि दिएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माओवादी केन्द्रले भनेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ ।
स्थायी समिति बैठकले चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।