हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपाल समूहले बनायो समानान्तर समिति, तोक्यो इञ्चार्जहरु (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर समिति बनाएको छ ।
शनिबार बानेश्वरस्थित अर्याल होटलमा बसेको सो पक्षको केन्द्रीय समितिको बैठकले समानान्तर समितिको अभ्यास सुरु गरेको छ ।
त्यस्तै, नेपाल पक्षको नेताहरुले आजै संयुक्त वक्तव्य निकाल्ने जनाइएको छ ।
बैठकले सात प्रदेशका इन्चार्जसहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको सो पक्षका नेताले बताएका छन् ।
बैठकले प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई तोकेको छ ।
त्यस्तै, प्रदेशका इञ्चार्जहरुमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावललाई तोकिएका छन् ।
त्यसैगरी, युवा इन्चार्जमा रघुजी पन्त, विद्यार्थी इञ्चार्जमा गोकर्ण विष्ट र बुद्धिजीवीमा प्रमेश हमालले जिम्मेवारी पाएका छन् ।
शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकबाट नेपाल पक्षका नेताहरुको जिम्मेवारी अन्य नेताहरुलाई दिएका थिए ।