ओलीबिरुद्ध यस्तो रणनीति बनाएर छुट्टिए प्रचण्ड-नेपाल

काठमाडौँ । अन्ततः प्रचण्ड र माधव कुमार नेपाल आ-आफ्नो बाटो लागेका छन् । केपी ओलीलाई सत्ताबाट हटाउन भगिरथ प्रयास गरेर पनि असफल भएपछि नयाँ रणनीति बनाउँदै प्रचण्ड र माकुने बिछोडिएका हुन् ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । योसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् ।
विकसित नयाँ राजनीतिक अवस्थामा सँगै मिलेर जान जटिल हुने भएपछि पेरिस डाँडामा विदाई बैठक बसेर एमाले एमालेतिर र माओवादी केन्द्र माओवादी केन्द्रतिरै जाने निष्कर्षमा पुगेका हुन् ।

कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल ठूलो धर्म संकटमा परेका थिए । नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार भन्ने अवस्थामा पुगेका नेपालले अन्ततः एमालेभित्र रहेर ओलीसँग संघर्ष गर्ने निणर्य गरेका हुन् ।

पदको लोभ

एमालेभित्र नेपाल अल्पमतमा छन् । उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका हुन् । अब नेपालले तत्काल ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ ।

अहिले सिधै ओलीलाई हटाउन लाग्दा संसदीय दलको विधान बमोजिम फ्लोर क्रश गरेर जाँदा सांसद पद नै गुम्न सक्छ । त्यसैले नेपाल एमालेमै बसेर संघर्ष गर्ने पक्षमा उभिएका हुन् ।

प्रचण्डको सपना चक्नाचुर

उता, पूरानै पार्टी नेकपा माओवादी केन्द्र ब्युँताउँछु भन्दै माकुनेसँग छुटेका प्रचण्डलाई भने प्रभावशाली नेताहरुले नै साथ नदिने घोषणा गरेका छन् । सांसद पदको लोभ नगरेर ओलीलाई साथ दिने उनीहरुले बताएका छन् । ओलीलाई कमजोर पारेर ठूलो पार्टीको अध्यक्ष बन्ने र शक्तामा हालिमुहाली चलाउने प्रचण्डको सपना चक्नाचुर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *