हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एक कप चियाकाे मूल्य १६ सय, के छ त्यस्ताे खास
एजेन्सी । एक कप चियाको मूल्य कति पर्ला, साधारण चियाको मूल्य २० वा २५ रुपैयाँ, मट्का चिया ६०-७० रुपैयाँ अथवा कुनै ब्राण्ड स्थापित गरेका वा गर्ने प्रयास गरिरहेका चिया पसलमा बढीमा १५० रुपैयाँ पर्छ होला । सुन्दा पत्यार नलाग्न पनि सक्छ एक कप चियाको मूल्य हजार १६ सय रुपैयाँ पर्छ भन्दा जुन मूल्य पाँच तारे होटलमा एक कप कफीको पनि पर्दैन । तर यो यथार्थ हो । यो चियाको मेनु कुनै तारे होटल वा रेस्टुरेन्टको होइन, सामान्य रोडसाइड चिया पसलको हो ।
भारतको पश्चिमको राजधानी कोलकाताका पार्थ प्रतिम गांगुलीले मुकुन्दपुरमा सञ्चालन गरेको चिया पसलमा एक कप चियाको मूल्य १००० भारु अर्थात नेपाली १६ सय रुपैयाँसम्म पर्छ । उनले पकाउने चियामा आखिर के त्यस्तो विशेषता छ र यति धेरै मूल्य पर्यो भारतीय मिडियाहरुमा अहिले चर्चा छ । स्थानीय सञ्चार माध्यमहरुले यस बारेमा खबर छापेका छन् ।
पार्थको चिया पसलमा १२ रुपैयाँ भारुदेखि १ हजार भारु सम्म मूल्यका चिया पाइन्छ । निर्जश नामको उनको चियापसल कोलकातामा खुबै प्रसिद्ध छ । त्यहाँ आउने पर्यटक उनको चिया पिउन भीड लाग्ने गरेको बताइन्छ । उनको पसल कुनै व्यवसायिक महलमा त छैन अरु साधारण पसल सरह नै सडक छेउमा छ ।
मिडिया रिपोर्ट अनुसार उनको चिया पसलमा एक सय प्रकारका चिया पाइन्छ । त्यसमध्ये सिल्वर नीडल वाइट टी, लैवेंडर टी, हिबिस्कस टी, वाइन टी, तुलसी जिंजर टी, ब्लू टिश्यन टी, तीस्ता वैली टी, मकईबारी टी, रूबियोस टी तथा ओक्टी टी आदि पर्छन् । पार्थकाे पसलमा पाइने Bo-Lay Tea काे मूल्य भारू एक हजार पर्छ। खासमा यसमा प्रयाेग हुने Bo-Lay काे मूल्य प्रतिकिलाे ३ लाख रूपैयाँ पर्छ । त्यसैका कारण एक कप चियाकाे मूल्य धेरै भएकाे हाे ।
उनले याे चिया पसल सन् २०१४ मा शुरू गरेका थिए ।