संघीयता खारेज गर्ने मूडमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली गणतन्त्रका पक्षमा नरहेको भन्ने आरोप त उनका बिरोधीहरुले पहिले देखि नै लगाउँदै आएको कुरा हो । उनले बयल गाडा चढेर गणतन्त्र ल्याउन सकिन्न भन्ने गरेका थिए दोस्रो जनआन्दोलन ताका भलै मूलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि २ पटक प्रधामन्त्री बनिसकेका छन्, ओली ।

तर, अहिले उनी संघीयता नै खारेज गर्ने मुडमा पुगेको बुझिएको छ । केन्द्रिकृत एकात्मक व्यवस्थालाई नै शक्तिशाली बनाउने ध्यउन्नमा उनी लागेको प्रष्ट भएको छ । ‘गणतन्त्र विरोधी नेता’ का रुपमा चिनिएका ओलीले प्रदेश सरकारलाई कम महत्व दिँदैआएको भनि उनको चर्को आलोचना हुँदैआएको छ । प्रतिनिधिसभा बिघटनको बिषय सर्बोच्च अदालतबाट टुंगिएपछि संघीयताबारे ठोस निणर्य गरेर अघि बढ्ने आन्तरिक तयारी गरिरहेका प्रधानमन्त्री ओलीले यसको लागि वातावरण पनि बनाईरहेको बताईन्छ ।

प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुअघिल्लो साँझ खुमलटार र मन्त्री निवास पुल्चोक पुगेका ओलीले सबैको नाडी छामेर राजनीतिक कदम चालेका थिए । अहिले पनि आफ्ना निकटस्थ नेतालाई संघीयता खारेजीको बिषय चर्चामा ल्याउन लगाएर ओलीले अनुकूल वातावरण बनाईरहेको धेरै थोरै राजनीति बुझेकाहरुले अड्कल लगाइरहेका छन् ।
सर्बोच्चबाट प्रतिनिधिसभा बिघटनको बिषय सदर भएपनि या पुनस्थापना भएपनि दुबै अवस्थामा तत्काल प्रधानमन्त्री पदमा रहिरहने ओलीले त्यही मौकामा संघीयता खारेजीको निणर्य लिनसक्ने खासखुस चलिरहेको छ ।

प्रदेश सरकारको नाम राख्न समेत नसकिरहेको अवस्था छ भने अर्कोतिर विकशित राजनीतिक अवस्थामा कित्ताकाटले ओली समूह प्रदेश स्तरमा पनि निकै कमजोर देखिएको छ । त्यसैले पनि उनी यो व्यवस्थाप्रति खासै खुशी छैनन् । प्रदेश र केन्द्र सरकारका अधिकार प्रत्यायोजनका विषयमा पनि ओली सरकारले आनाकानी गरेको त सर्वविधितै छ । यसबीचमा प्रधानमन्त्री ओलीका केही हर्कतहरुले राजनीतिक बृतमा चलेको अड्कलबाजीहरुलाई थप बलियो बनाउँछ ।

यतिबेला नेकपा ओली समूहकी नेतृ पालले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई सुझाव दिन थालेकी छन् । पाल ओलीको धर्मपुत्री पनि भन्ने गरिन्छ । नाता सम्बन्ध त भन्ने कुराहरु पाल ओलीको खास मान्छे मध्यकी एक पात्र हुन् । उनले सामाजिक सञ्जाल मै ओलीलाई सुझाएको यो स्टाटसले त्यसको छनक दिएको छ ।

उनले आफ्नो फेसबूक स्टाटसमा ‘सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गर्न’ आग्रह गरेकी छन् । निरुले संघीयता ‘सेतो हात्ती’ भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर जनतामा गए राम्रो हुने सुझाव पनि प्रधानमन्त्री ओलीलाई दिएकी छन् ।

निरुले फेसबुकमा लेखेकी छिन्- ‘सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक । प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं । तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं । जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं । सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *