नाङ्गा तस्वीर देखाइदिने भन्दै धम्की दिने विनयजंग बस्नेतविरूद्ध सपना मगरले दिइन् जाहेरी

काठमाडाैँ । बीबीसीकाे १०० प्रेरणादायी महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्।

बस्नेतले युट्युबमा सपना रोका मगरका नाङ्गा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *