हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रधानमन्त्रीओली र पदाधिकारीबीच निर्वाचनको तयारी बारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाइ सुझाव दिनुभएको छ ।
निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन मंगलबार आयोगपुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तयारीको क्रमलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको हो । ‘‘वैशाख १७ र २७ मा घोषणा गरिएको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले गरिररहेको तयारीका बारेमा जानकारी लिन प्रधानमन्त्री ओली आयोग जानुभएको र निर्वाचनको तयारीलाई तिव्र पार्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको र आयोगका तयारी सन्तोषजनक रहेकाले प्रधानमन्त्रीले धन्यवाद दिनुभएको उहाले बताउनुभयो । आयोगका पदाधिकारीसँग नेकपाको विवाद सम्बन्धमा कुनै छलफल नभएको थापाले बताउनुभयो । तर प्रमुख निर्वाचन आयुक्त थपलियाले नेकपा विवादबारे यसअघि आयोगले दिएको निर्णय र त्यसपछि माघ २० गते आधिकारिकताका लागि प्राप्त भएको अर्को निवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो । ०००