बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनको मूल्य ह्वात्तै बढ्यो, कति छ तोलाको ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्यमा भने प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ मात्रै वृद्धि भएको छ । हिजो ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेर १ हजार ३ सय ४० मा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको थियो ।