नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालका सोमबार थप १३० जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै १९४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार २६६ जना कोरोनामुक्त भएका छन् । हाल १७ सय ४४ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० वटा पिसिआर गरिएको छ । ०००