बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपा अध्यक्ष ‘प्रचण्ड’विरूद्ध मुद्दा दर्ता, यस्तो छ आरोप
काठमाडौँ । नेकपा अध्यक्ष ‘प्रचण्ड’विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ ।
अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताउनु भएको थियो । संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ । केपी ओलीलाई विघटनको अधिकार दिएको छैन ।
प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भैरहेको छ ।०००