नम्बरी सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको दरभाउ बढेको छ ।

पहिला नम्बर सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार ९१ हजार ६ सयमा किनबेच भइरहेको तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर आज (सोमबार) ९२ हजार १ सय कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँ वृद्धि भइ १ हजार ४ सय रुपैयाँका किनबेच भइरहेको महासङ्घले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *