नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

निर्वाचन आयोगमा ओलीपक्षको लिखित जवाफ : ‘पार्टी विभाजन भएको छैन’
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा लिखित जवाफ पेश गरेको छ ।
लिखित जवाफमा ओली पक्षले पार्टी विभाजन नभएको र प्रचण्ड द्वितीय अध्यक्ष तथा माधव नेपाल वरिष्ठ नेता कायमै रहेको उल्लेख छ । आयोगले गएको बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।
ओली पक्षले पार्टीका अध्यक्ष र महासचिवबीना बैठक नै बस्न नसक्ने प्रावधान पार्टीको अन्तरिम विद्यानमा रहेको भन्दै आधिकारिकता समेत दाबी गरेको छ ।
नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने जानकारी गराएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिनुभयो ।
ओली पक्षले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले वैधानिकता नपाउने दावी गरेको छ ।
निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको नेम्वाङले बताउनुभयो । उहाले आयोगका केही जिज्ञासाहरुका बिषयमा लिखित रुपमा जानकारी गराएको बताउनुभयो ।
ओली पक्षका नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगाएत निर्वाचन आयोग पुग्नुभएको हो ।००००