हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सर्वोच्च अदालतले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्नुको कारणबारे राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जवाफ माग गरेको छ ।
शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले लिखित जवाफ माग गरेको हो ।
त्यस्तै इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति समेत माग गरेको छ ।
त्यस्तै इजलासले थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी पनि माग गरेको छ ।
प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन परेको थियो। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो