नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलसमा पठाउने आदेश
काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलसमा पठाउने आदेश भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा आज १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको हो ।
प्रधानन्यायाधिश जबराको एकल इजलासले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको छ । आदेश अनुसार अब सबै रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
आज रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गगरेका छन् । वकिलहरुले यो मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलासकै क्षेत्राधिकारभित्र पर्ने बताउनुभयो ।
वकिलहरुले भने यसअघि २०४७ को संविधान अनुसार संसद विघटन हुँदा संवैधानिक इजलाससहितको बृहत इजलासमा सुनुवाई भएकाले अहिले पनि सोही अनुसार गर्न माग गरेका थिए । ०००