नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रचण्ड–नेपाल खेमाले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चुनेको छ ।
बानेश्वरस्थित संसद भवनमा बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली हुनुहुथ्यो ।
यसअघि मंगलबारै बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।
गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गर्नुभएको थियो । त्यस लगतै नेकपा दुई समूहमा बिभाजित छ । ०००