बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनकाे मूल्य घट्याे
काठमाडौं । सुनको मूल्य आइतबार ओरालो लागेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । गत साताभर सुनको मूल्य उकालो लागेको थियो । यसैगरी चाँदीको भाउ भने साताको पहिलो दिन स्थिर रहेको छ ।
यसदिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साता चाँदीको भाउ पनि बढेको थियो ।