हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार बस्दैछ ।
पार्टी मुख्यालय धुम्बराहीमा बस्ने गरी बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकले पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लैजाने निर्णय भएको छ । हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।
यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो । तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो । मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो ।
गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याउनु भएको थियो भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको छ ।
बैठकप्रति अध्यक्ष ओली सकारात्मक हुनुहुन्न । उहाँले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आउनुभएको छ । शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति पनि उहाँले खासै रुची देखाउनु भएको छैन । ०००