नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाल्पामा देउसी भैलो खेल्न प्रतिबन्ध
पाल्पा । पाल्पामा यो वर्ष तिहारमा देउसी, भैलो खेल्न नपाइने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ । चाडपर्वका बेला सामाजिक विकृतिका रुपमा रहेको जुवातास नखेल्न समेत प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएकाले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी गरिएको सूचनामा भुइचम्पा र पटका पड्काउने, आतासबाजी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्न जाने हुँदा त्यस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थहरुको खरिद, विक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउनुहुन उल्लेख गरिएको छ ।
कोही कसैले सूचनाको उल्लंघन गरे कानुनअनुसार कारवाही गरिने जनाइएको छ । ०००