काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन शुक्रबारका लागि ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि उकालो लाग्दै १ हजार २५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।०००