बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रचण्डले पार्टी मुख्यालयमा बोलाए सचिवालय बैठक
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने बताइएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डको आग्रहमा अनौपचारिक बैठक बोलाइएको हो ।
बिहीबार पार्टी बैठक बस्ने वातावरण बनाउन अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच परामर्श भएपनि सहमति जुटेको थिएन । प्रधानमन्त्री ओलीले अहिले बैठक बस्नु आवश्यक नभएको बताउँदै आउनु भएको छ ।
औपचारिक बैठक भन्दा पनि अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई शुक्रबार दिउँसो ३ पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बुझिएको छ । नेकपाको सचिवालयमा ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।
आजै बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेट्नु भएको थियो ।
यसअघि बिहीवार प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएपनि कुनै सहमति भने हुन सकेको थिएन । ०००