श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग 

कौरव खत्री, गुल्मी  । रुकुमको एक क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक रकम सहयोग गरिएको छ । श्री हिमालय श्रंखला चौँरी युवा क्लव पुथा उत्तरगंगा गाँउपालिका ११ शेरा बालुवा रुकुम (पूर्व)द्धारा बागलुङ ढोरपाटन नगरपालिका ९ का बाढी पहिरो पिडितहरुलाई नगद सहयोग रकम बिहिवार हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण ढोरपाटन नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा बाढी पहिरो पिडित २२ मृतक घरपरिवारलाई प्रतिघरपरिवार २ हजार, ५सयका दरले र पूर्ण क्षति भएका ७५ घरपरिवारलाई प्रतिघरपरिवार १हजार, ५ सयका दरले कुल १लाख, ६७ हजार, ५सय रकम हस्तान्तरण गरिएको श्री हिमालय श्रंखला चौँरी युवा क्लवका बरिष्ठ सल्लाहकार आषिश बुढामगरले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लवका कोषाध्यक्ष सविन बुढामगर, क्लवका सदस्य शैलेश बुढामगर,विशेष सहयोगी पूर्वी रुकुमका आइटिएफका तेकान्दो संस्थापक अध्यक्ष विजय पुनमगर लगायतको सहभागिता रहेको थियो । श्री हिमालय श्रंखला चौँरी युवा क्लवको पहलमा संकलन गरिएको कुल १लाख,६८हजार नगद रकम बाढी पहिरो पिडितहरुलाई वितरण गरिएको पूर्वी रुकुमका आइटिएफका तेक्वान्दो संस्थापक अध्यक्ष विजय पुनमगरले जानकारी दिए ।

क्लबको संक्रियतामा संकलित कुल १लाख,६८हजार नगद रकम पिडितहरुलाई वितरण गरिएको पूर्वी रुकुमका आइटिएफका तेक्वान्दो संस्थापक अध्यक्ष विजय पुनमगरले जानकारी दिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षतासँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी जुन कुमार विकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *