नेपाल स्पेन समाज कोष्टाब्लाङ्काद्वारा ढोरपाटनका बाढी पहिरो पीडितलाई सहयोग

कौरव खत्री
गुल्मी । नेपाल स्पेन समाज कोष्टाब्लाङ्काले ढोरपाटनका बाढी पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेकाे छ । नेपाल स्पेन समाज कोष्टाब्लाङ्काद्वारा ढोरपाटन नगरपालिका ९ का ८० बाढी पहिरो घरपरिवारहरुलाई प्रतिघरपरिवार एक थान बलाङकेट सिरक, एक थान ओड्ने खास्टो, सावुन, सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरेकाे हाे ।

राहत वितरण कार्यक्रममा नेपाल स्पेन समाज कोष्टाब्लान्काका प्रतिनिधि तथा गलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, इन्जिनियर सुवास भण्डारी, ढोरपाटन नगरपालिका ७ का वडाअध्यक्ष दिपक थापा, नेपाली काँग्रेस वडा नं. ९ का वडा सभापति गगन पुन मगर, पूर्व गाविस अध्यक्ष शेरमान घर्ति,जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका ८ काडेबास बागलुङका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकी, समाजसेवी कुल बहादुर विक, समाजसेवी पदम पुन मगर, पत्रकार कौरव खत्री, मिनु विसी, लगायत स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाल स्पेन समाज कोष्टाब्लाङ्काले नेपाल देखि रोजगारीको शिलशिलामा स्पेन कोष्टाब्लाङ्कामा कार्यरत रहेका नेपालीहरुबाट संकलित करिव २ लाख, ६१ हजार बराबरको नगद रकमले राहत सामग्री प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरजंग भण्डारीले नेपाल स्पेन समाज कोष्टाब्लाङ्काले बाढी पहिरो प्रभावित पिडितहरुको दुखमा केहि मलमपट्टी लगाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका ९का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने नेकपा ढोरपाटन नगरपालिका वडा नं. ९का अध्यक्ष तथा समाजसेवी ढालेन्द्र पुन मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *