पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।

डा.भट्टराई सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले ट्वीटरमा लेख्नु भएको छ ।

चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने जानकारी पनि डा.भट्टराईले दिनुभएको छ ।
डा. भट्टराईले केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह समेत गर्नु भएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *