प्रधानमन्त्री ओली र सबै मन्त्रीले दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दशैं खर्च कोषमा जम्मा गर्ने निणर्य गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गर्नुभयो । मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन निणर्य भएको जानकारी दिनुभयो ।

अदालतको अध्यक्षमा रामप्रसाद ओली र सदस्यमा प्रेमकुमार राई र नीशा बानियालाई नियुक्त गरिएको छ । त्यस्तै नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि थप गर्ने निणर्य बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निणर्य गरेको छ । प्रवक्ता गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *