What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

रहेनन् रेडियोबाट ‘परदेशीको सन्देश’ सुनाउने किशोर गुरुङ
What To Know
- सन् १९५६ मा ब्रिटिस आर्मीमा जलपाइगुडी दार्जिलिङबाट भर्ती भएर धरान हुँदै उहाँ मलेसिया पुग्नुभएको थियो । मलेसियाको सेरेम्बनमा तालिम लिएका गुरुङले त्यसपछि क्वीन्स गोर्खा सिग्नल्समा सेवा गर्नुभएको थियो ।.
- सन् १९९६ अक्टोबरसम्म गुरुङले हङकङमा रेडियो प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नुभयो । त्यसलगत्तै सन् १९९७ मा काठमाडौंमा बीएफबीएस गोर्खा रेडियोको कार्यालय स्थापना गर्दै स्टेशन प्रमुखको जिम्मेवारी सहित सन् २००८ मा सेवा निवृत्त हुनुभएको थियो ।.
काठमाडौँ । बीएफबीएस गोर्खा रेडियोका पूर्व स्टेशन मेनेजर तथा चर्चित रेडियो प्रस्तोता किशोर गुरुङको ८६ वर्षको उमेर निधन भएको छ ।
लामो समयदेखि पक्षघात र बाथरोगबाट पीडित गुरुङको भारतको सिलिगुडीस्थित आफ्नै निवासमा गएराति निधन भएको उहाँका छोरा केवल गुरुङले जानकारी दिनुभयो ।
सन् १९५६ मा ब्रिटिस आर्मीमा जलपाइगुडी दार्जिलिङबाट भर्ती भएर धरान हुँदै उहाँ मलेसिया पुग्नुभएको थियो । मलेसियाको सेरेम्बनमा तालिम लिएका गुरुङले त्यसपछि क्वीन्स गोर्खा सिग्नल्समा सेवा गर्नुभएको थियो ।
उहाँले सन् १९६७ मा पहिलोपटक सिंगापुरमा रहेको गोर्खा फोर्सेस रेडियोमा सेवा आरम्भ गर्नुभएको थियो।
यो रेडियो सन् १९७२ मा हङकङमा स्थानान्तरण हुँदा उहाँले लेफ्टिनेन्ट पदमा सम्पूर्ण जिम्मेवारी सहित हङकङमा ब्रिटिश सैनिक आकाशवाणीको गोर्खा सेवा सुरु गर्नुभएको थियो।
सन् १९९६ अक्टोबरसम्म गुरुङले हङकङमा रेडियो प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नुभयो । त्यसलगत्तै सन् १९९७ मा काठमाडौंमा बीएफबीएस गोर्खा रेडियोको कार्यालय स्थापना गर्दै स्टेशन प्रमुखको जिम्मेवारी सहित सन् २००८ मा सेवा निवृत्त हुनुभएको थियो ।
किशोर गुरुङ् ‘बीएफ बीएस’को लोकप्रिय कार्यक्रम ‘परदेशीको सन्देश’का परिकल्पनाकार, उत्पादक तथा प्रस्तोता समेत हुनुहुन्थ्यो।
अनौपचारिक प्रस्तुती, स्थानीयपनको झल्को तथा नेपाली परम्परागत शैलीमा उत्पादित कार्यक्रम ‘परदेशीको सन्देश’ विषयवस्तुले मात्र होइन, प्रस्तोता गुरुङको ठट्यौले शैली, मीठो आवाज र पृथक प्रस्तुतीका कारण पनि श्रोताको मन जित्न सफल भएको थियो ।
उहाँ लामो समयदेखि भारतको सिलगुडीस्थित निवासमा आफ्नी जेठीछोरीको साथमा बस्दै आउनुभएको थियो ।
उहाँका एक छोरा केवल गुरुङ तथा स्मृती, सरला र शोभा गरी तीन छोरी हुनुहुन्छ ।