बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जातिवादको विरोधमा ट्रम्प
एजेन्सी । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताउनुभएको छ । चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको र अमेरिकीहरूबीच विभाजन ल्यायो, राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ ।
ट्रम्पले भन्नुभयो, “हामीहरूबीच राष्ट्रका लागि एकताको खाँचो छ । अमेरिकीहरूको शान्तिका लागि म सबै प्रकारका जातिवाद र हिंसात्मक गतिविधिको निन्दा गर्न चाहन्छु ।”
गत बर्षको आन्दोलन आजकै दिन ९अगस्ट ११० बाट सुरु भएको थियो । अमेरिकी नव–नाजीहरूले काँधमा राइफल बोकेर श्वेतहरूको राष्ट्रियताका लागि नारा घन्काएर दक्षिणी अमेरिकामा नागरिक अधिकारको आन्दोलनपूर्व भएको जातीवादको स्मरण गर्दै आन्दोलन गरेका थिए । जसमा एक महिलाको मृत्यु भएको थियो भने १९ जना सख्त घाइते बनेका थिए ।
ट्रम्पले उक्त आन्दोलनमा नव–नाजी तथा फाँसीवाद विरोधी दुवै समूहको कमजोरी रहेको बताउनुभयो ।