नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दैनिक साढे सात करोडको सुन अपुग
काठमाडौँ । राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।
माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् । तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्कामा परेको हमाल बताउँछन् । अाजकाे नागरिकमा खबर छ ।
लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन् , उनले भनिन् साना व्यवसायी निकै समस्यामा छौँ ।