हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रदेश ५ को राजधानी र नामाकरणबारे प्रस्ताव पेश
बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गर्नुभएको हो । प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्विनीको साझा चिनारिको रुपमा प्रदेशको नाम लुम्विनी प्रस्ताव परिएको मन्त्री केसीले बताउनुभयो ।
मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगतै प्रतिपक्षि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुले प्रदेशको प्रस्तावले आफुहरुको चित दुखेको बताए ।
उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ । राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए । ०००