हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा भएको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई संवैधानिक इजलासमा शुरू भएको छ ।
सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलकाअनुसार बुधबार हेर्दा हेर्दैमा राखिएको सो मुद्दा अहिले प्रक्रियामा गइसकेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा वर्दिया १ बाट पराजित भएकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दै हुनुहुन्छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको असोज ७ गतेको एकल इजलाशले उपाध्यक्ष गौतमको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो । मन्त्रि परिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो ।
गौतमले सोही दिन साँझ ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ०००