नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गएरातिदेखि बुटवल पाल्पा सडकखण्ड अवरुद्ध
पाल्पा । निरन्तरको वर्षाका कारण बुटवल – पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । सिदार्थ राजमार्ग अन्र्तरगत तानसेन ८ को डुम्रे,तिनाउ गाउँपालिका ३ को पैठेडाँडा, दोभन, झुम्सा लगायतको स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्लामा तिन दिन देखि परेको अविरल वर्षाका कारण गएरातिबाट सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु तथा सवारी साधन बिच बाटोमा रोकिएका छन । डिभिजन सडक कार्यालयसँग समन्वय गरि पहिरो हटाउने काम तिव्र गतिमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै सिदार्थ राजमार्ग अन्र्तरगत बगनासकालि गाउँपालिका ५ ठाँटी,रम्भा गाउँपालिका ५ जामुन समेत पहिरो जादा बर्तुङ –राम्दी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाका मुख्य राजमार्ग देखि ग्रामीण सडक खण्ड अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन । वर्षा जारी नै रहेकोले पहिरो हटाउन समस्या भईरहेको छ ।
अहिले दुबै ठाउँमा जेसिबीको प्रयोग गरि पहिरो हटउने काम भईरहेकोले दिउँसो सम्ममा सडक खुल्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरिले जानकारी दिनुभयो ।