पहिरोले घर पुरिदा ६ जना बेपत्ता

पाल्पा । पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन् । जिल्लामा तिन दिनदेखि परेको वर्षाका कारण रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहान करिब ४ बजेतिर पहिरोले घर पुरेको जानकारी आउन साथ जिल्लाका सुरक्षकर्मीको टोली घटनस्थलमा पुगी उद्धारको काम सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकाम भन्दा टाढा र विकट भएकाले उद्धारमा कठीनाई भएको छ । यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिदा एक महिला बेपत्ता भएकी छन् ।

पाल्पा बढी पहिरोको उच्च जोखिममा रहेको भए पनि सावधानि र तयारी कम हुँदा मानवीयका साथै भौतिक क्षति हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *