ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एकै दिन १७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहिला नम्बर सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै तेजाबी सुन ९५ हजारमा किनबेच भइरहेको छ । यो साविक दिनको तुलनामा को मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले कम हो । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *