पाल्पाको लुम्बिनी मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

तानसेन । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा पाल्लामा तीन जना स्वास्थ्यकर्मी कारोना भाइरसबाट संक्रमितत भएका छन् ।

जिल्लामा जिल्लामा दिनदिनै कोरोनाका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् ।

लुम्विनी मेडिकल कलेजमा कार्यरत माथागढी–३, बस्ने २२ वर्षकी एक जना स्टाफ नर्स, रम्भा गाउँपालिका वडा नं ४, स्थित हुमिन स्वास्थ्य चौकीमा कार्यरत ३४ वर्षकी अनमीलाई कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

यस्तै जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीको समेत कोरोना रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली गाउँपालिका वडा नं ६, दरपुक स्वास्थ्य चौकीमा कार्यरत ३२ वर्षकी कार्यालय सहयोगीलाई समेत कोरोना पुष्टि भएको स्वास्थ्य संयोजक मणीराम अधिकारीले जानकारी दिनुभयो ।

लुम्विनी मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स र बगनासकाली दरपुरका स्वास्थ्यकर्मीलाई तीन दिनअघि र हुमिन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण देखिएका लुम्विनी मेडिकल कलेजकी स्टाफ नर्स माथागढी स्थित घरमै आइसोलेसनमा रहनुभएको छ ।

पाल्पामा समुदाय स्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि हालसम्म स्वास्थ्य क्षेत्रका एक अस्पताल सञ्चालक र तीन जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *