नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोना संक्रमित दिनकादिन बढेकोबढ्यै
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १२ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०४६५ पुगेको छ । बिहीबार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । बुधबार १ हजार ८ ुय १८ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३५ हजार ७ सय जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
सरकारी तथ्याङ्क अनुसार हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ४८ जना रहेका छन् भने क्वारेन्टाइनमा ५ हजार ८०६ जना छन् । ०००