क्रिकेट खेलाडीले पाए एक वर्षदेखि रोकिएको तलब, हेर्नुस कसले कति पायो ?

What To Know

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति प्रकाशित गरेर सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।.
  • तीन श्रेणीमा वर्गीकरण गरिएकोमा ‘ए’ श्रेणीका खेलाडीले ४५ हजार, ‘बी’ श्रेणीका खेलाडीले ३५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् । एक वर्षको तलब एकमुष्ट पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।.

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति प्रकाशित गरेर सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो । खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी पाएका छन् । क्यानको पहलमा आईसीसीले खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्ने सहमति जनाएको थियो ।

तीन श्रेणीमा वर्गीकरण गरिएकोमा ‘ए’ श्रेणीका खेलाडीले ४५ हजार, ‘बी’ श्रेणीका खेलाडीले ३५ हजार र ’सी’ श्रेणीका खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् । एक वर्षको तलब एकमुष्ट पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

‘ए’ श्रेणीःमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी छन् । ‘बी’ श्रेणीमा आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी छन् भने ‘सी’ श्रेणीमा रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल छन् ।००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *